सुर्दशनको निर्देशनमा ‘राजा’ बन्ने

सुर्दशनको निर्देशनमा ‘राजा’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुदर्शन थापा नयाँ सिनेमाको तयारीमा छन् । लभ स्टोरी सिनेमा बनाउन माहिर निर्देशक अब एक्सन सिनेमा बनाउँदै छन् । सिनेमाको नाम ‘राजा’ राखिएको छ ।

परशुराम बस्नेतको लगानी रहने सिनेमामा अभिनेता राज कटुवालको मुख्य भुमिका रहनेछ । अन्य कलाकार भने छनौट गर्न बाँकी छ । सिनेमाको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

सिनेमाको छायांकन माघबाट सुरु गर्ने निर्माण टिमको योजना छ । थापाले निर्देशन गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको पखाईमा छ । करिब दुई वर्ष अगाडी प्रदर्शनको तयारीमा रहेको सिनेमा कोरोना महामारीका कारण रोकिएको थियो ।