‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा रिलिज घोषणा

‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं -रोमान्टिक जनरमा सिनेमा बनाउन खप्पिस निर्देशक सुदर्शन थापाले  निर्देशन गरेको सिनेमा   ‘सम्हालिन्छ कहिले मन’को रिलिज डेट घोषणा गरिएको छ ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको म्युजिकल लभस्टोरी सिनेमा फागुन २७ गते (मार्च ११) मा देशव्यापी प्रदर्शन हुने भएको छ । सिनेमाले शुक्रबार रिलिज डेटसहितको पोस्टर सार्वजनिक गरेको छ ।

अघिल्लोपटक कोरोभाइरस संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनले दुईपटक सिनेमाको प्रदर्शन मिति पोस्टपोन्ड भैसकेको छ । सम्हालिन्छ कहिले मनको जारी पोस्टरमा तीन मुख्य पात्रलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

कभर गायक सोनम तोप्देनले यही सिनेमाबाट अभिनयमा डेव्यु गर्दैछन् । उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रुचाइएका गायक हुन् ।

सिनेमाका निर्माता अमित बस्नेत, परी राना र अजितकुमार थापा हुन् ।एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको सिनेमा बेलायत र नेपालमा छायांकन गरिएको छ ।म्युजिकल लभस्टोरी सिनेमालाई दर्शकले मन पराउने विश्वास निर्माता अजित कुमार थापाले लिएका छन् ।