द सिनेमा टाइम्स, काठमाडौं – प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । माओवादी जनयुद्धमा सहभागी जनमुक्ति सेनाको अपमान गरेको भन्दै सपुतको गीत विवादमा तानिएको हो ।
तत्कालिन जनयुद्धमा सहभागी प्राय र हाल नेकपा माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूले सपुतको गीतको विरोध जनाएका छन् । कतिपयले हटाउन चेतावनी दिएका छन् ।
शुक्रबार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।
गायक सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् । गीतको भिडियो निर्देशन पनि गायक सपुत आफैले गरेका हुन् ।
प्रतिक्रिया