यार्सागुम्बा खोज्ने कथामा ‘हाम्रो स्वर्ग’ बन्ने

यार्सागुम्बा खोज्ने कथामा ‘हाम्रो स्वर्ग’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘हाम्रो स्वर्ग’ नाममा सिनेमा निर्माण हुने भएको छ । यो सिनेमालाई निर्देशक शोभित बस्नेतले निर्देशन गर्दैछन् । सिनेमाको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ ।

दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने सिनेमाका लागि सहायक कलाकारको खोजी चलिरहेको छ । निर्देशक शोभित बस्नेतका अनुसार सिनेमा यार्सागुम्बा टिप्ने कर्णाली प्रदेश बासीको दु:ख समेटिने छ । सिनेमा कर्णाली प्रर्देशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने सिनेमामा शान्ता शर्माको लगानी रहनेछ । नवदत्त न्यौपानले सिनेमाको संगीत तयार पारिरहेका छन्, भने कथा रामकृष्ण बुड्थापाले लेखेका हुन् । वास्तविक कथामा निर्माण हुने सिनेमाको मुख्य सहायक निर्देशक रामजी राउत हुन् ।