पोस्टपोन्ड भयो ‘हेल्लो जिन्दगी’, चत्रै १८ मा रिलिज

पोस्टपोन्ड भयो ‘हेल्लो जिन्दगी’, चत्रै १८ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हेल्लो जिन्दगी’को रिलिज पोस्टपोन्ड गरिएको छ । अब यो सिनेमा चैत्र १८ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । होलीको पूर्वसन्ध्यामा सिनेमाको रिलिज पोस्टपोन्ड भएको जानकारी दिइयो ।

एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा ‘हेल्लो जिन्दगी’को सार्वजनिक ट्रेलर र गीतसंगीतले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाएका छन् । वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ ।

सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ । हिराल जोशी र विक्रम जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् ।

निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ । सामाजिक कथा समेटिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।

निर्देशक बोहराकै शब्द रहेको सिनेमाका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले सिनेमाका गीतमा स्वर दिएका छन् । सिनेमाले दर्शकबाट राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।