पोस्टपोन्ड भयो ‘लाइफ इन एलए’, अब जेष्ठ ६ मा रिलिज

पोस्टपोन्ड भयो ‘लाइफ इन एलए’, अब जेष्ठ ६ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिका र नेपालमा छायांकन गरिएको सिनेमा ‘लाइफ इन एलए’ को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको सिनेमा नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

बुधबार सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो । यसअघि यो सिनेमा बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । सिनेमामा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमामा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ । अमेरिकामा दर्शकले निकै रुचाएको सिनेमाले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास राखेको छ ।