एक्शन प्याक्ड सिनेमा ‘शमशेर’ निर्माण घोषणा

एक्शन प्याक्ड सिनेमा ‘शमशेर’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक बिना नै सिनेमा ‘शमशेर’को निर्माण घोषणा गरिएको छ । सिनेमामा प्रेमगीत ३ अभिनेता मनिष राउतको मुख्य भुमिका रहने छ । सिनेमामा मनिषले शमशेरको भुमिका निर्वाह गर्नेछन् ।

एभरेष्ट फिल्मस् एकेडेमी र डिआर डेनिमको व्यानरमा निर्माण हुने सिनेमा एक्शन जनरामा निर्माण हुनेछ । सिनेमाको फर्स्टलुक पोस्टरमा अभिनेता राउतलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको छायंकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

गौरी शंकर धुजु र बिकास सिटौलाले खिच्ने सिनेमामा सीबडर्स इन्टरटेनमेन्टले पनि सहकार्य गर्नेछ । सिनेमामा काम गर्ने अभिनेत्रीको हाल खोजी भैरहेको निर्माण टिमले जनाएको छ । सिनेमामा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ ।