‘हेल्लो जिन्दगी’ प्रचारका लागि नेपाल आए बिक्रम

‘हेल्लो जिन्दगी’ प्रचारका लागि नेपाल आए बिक्रम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हेल्लो जिन्दगी’का मुख्य अभिनेता बिक्रम जोशी नेपाल आएका छन् । सिनेमाको रिलिज नजिकिएसँगै उनी प्रचार-प्रसारमा सहभागी बन्न नेपाल आएका हुन् ।

अभिनेता जोशीलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहनिर्मात्री तथा अभिनेत्री सविता गुरुङ लगायतको टिम त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुगेका थिए । जोशीले करिब चार बर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए ।

पछिल्लो समय प्रचार प्सा-रमा तीव्र रुपमा लागेको ‘हेल्लो जिन्दगी’ मा बिक्रमका अलवा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक एभरेष्ट सुर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावीत सिनेमाको निर्माता बिक्रम जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सह-निर्मात्रीमा सबिता गुरुङ छिन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको सिनेमामा डि क्रिएटिभ स्टुडियो युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । ‘हेल्लो जिन्दगी’को केही दिन अघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकरी निर्देशक बोहराले दिए ।