बर्षाले छाडेपछि ‘२ नम्बरी’मा उपासनाको प्रवेश

बर्षाले छाडेपछि ‘२ नम्बरी’मा उपासनाको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा ‘२ नम्बरी’को मुख्य अभिनेत्री परिवर्तन गरिएको छ । पहिले सिनेमामा बर्षा राउतले काम गर्ने पक्का भएको थियो उनले कोरोना महामारी अघि केही प्रतिशत छायांकन पनि गरेकी थिइन् ।

कोरोना महामारीका कारण रोकिएको सिनेमा चैत्र १५ गतेबाट छायांकनमा जाँदैछ । यो बेला सिनेमामा अभिनेता पल शाह र बर्षा राउत रहने छैनन् । उनीहरुको ठाउँमा सौगात मल्ल र उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग सिनेमाको निर्माणपक्षले सोमबार कागजी संझौता गरेको हो ।

उपासनाले यो सिनेमामा अभिनय गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । उनले भनिन्-‘म एकदमै खुशी छु । सौगात मल्ल दाईसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ । सिनेमाको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’

सिनेमामा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका रहनेछ । आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् । सिनेमाको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए । सिनेमाले २ साथीको कथा भन्नेछ । दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहने सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।