मल्टिस्टारर ‘लाखे’ भदौ ३१ मा रिलिज घोषणा

मल्टिस्टारर ‘लाखे’ भदौ ३१ मा रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेत निर्देशित मल्टिस्टारर सिनेमा ‘लाखे’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी भाद्र ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाका कार्यकारी निर्माता हरी मल्ल ठकुरी हुन् ।

महंगो बजेटमा निर्माण भएको सिनेमामा सौगात मल्ल, आर्यन अधिकारी, अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरीको प्रस्तुति रहेको सिनेमाको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको सिनेमाका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीले सम्पादन गर्ने सिनेमाको छायांकन हालै समापन भएको हो । सिनेमा गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक सम्राटले बताए । उनले केही समयमै सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक गर्ने तयारी भैरहेको जानकारी दिए ।