‘अनौठ माया’मा रोमान्टिक बिक्रम र दीपिका

‘अनौठ माया’मा रोमान्टिक बिक्रम र दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी चैत्र १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनमा ‘हेल्लो जिन्दगी’को ‘अनौठो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश २ गीत सञ्चारकर्मीलाई देखाइएको थियो ।

गीत रिलिज कार्यक्रममा सिनेमाका मुख्य अभिनेत्री दीपिका प्रसाई र प्रियंका कार्की तथा अभिनेता विल्सन विक्रम राई विक्रानत बस्नेत अनुपस्थीत थिए । सिनेमा रिलिजको मुखमा कलाकारले प्रचार-प्रसारमा साथ नदिएको भन्दै निर्देशक एभरेष्ट सुर्य बोहराले गुनासो पोखे ।

उनले भने- ‘मैले सम्पुर्ण कलाकारलाई उनीहरुले मागे अनुसार सेवा सुविधा उपलब्ध गराएको थिए । तर, आज सिनेमा रिलिजको बेला कसैको साथ नपाउँदा चित्त दुखेको छ । अगामी दिनमा नयाँ सिनेमा निर्माण तथा निर्देशनमा यी कुरालाई विशेष ध्यानमा राखेर कलाकार छनोट गर्ने बताए ।’ ‘हेल्लो जिन्दगी’ले आफु र आफ्नो टिमलाई धेरै कुरा सिकाएको उनको भनाई छ । सिनेमा राम्रो बनेकाले दर्शकको साथ पाउनेमा निर्माण टिम विश्वस्त छ ।

मंगलबार सार्वजनिक गीतमा निर्देशक बोहराको शब्द तथा अमित श्रेष्ठको संगीत छ । एड्रिन प्रधान र रजिना रिमालले गीतमा स्वर भरेकाका छन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतलाई अरुण प्रसाद अलवर्टले छायांकन गरेका हुन् । गीत नेपाली र अग्रेजी भाषामा तयार पारिएको छ ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ । सविता गुरुङ सह-निर्माता रहेको सामाजिक कथामा निर्माण गरिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।