लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गरिने

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा बस्तुमा बनेका सिनेमाहरुलाई सहभागी गराइनेछ । आजैबाट सिनेमाको दर्ता प्रक्रिया पनि सुरु गरिएको छ । महोत्सवमा सहभागी हुन चाहने सिनेमा निर्माण टिमले  [email protected] मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन् ।

पर्यटन प्रवर्धनसंगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनमा सहभागी गराइनेछ । जुरी टिमले छनोट गरेका सिनेमा अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिने छ ।

प्रदर्शन गरिएका सिनेमासँग सम्बन्धित सिनेमाकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा सिनेमा निर्माण बिषयमा वर्कशप हुने र सिनेमाकर्मीको बीचमा ग्रामीण सिनेमाको कथा तथा मौलिक सिनेमा निर्माण सम्बन्धी अन्तरकृया हुने र उत्कृष्ट सिनेमालाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।

यस किसिमका महोत्सव तथा सिनेमासंग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य शहरहरुमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीय जनताबीच नेपाली सिनेमा र सिनेमाकर्मी प्रतिको चासो र माया बढ्ने, नियमित नेपाली सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकको छ ।