शुक्रबारबाट पुन:सञ्चालनमा आउँदै गोपीकृष्ण र रञ्जना हल

शुक्रबारबाट पुन:सञ्चालनमा आउँदै गोपीकृष्ण र रञ्जना हल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट गोपीकृष्ण मुभिज अन्तर्गतका ३ हल र रञ्जना सिनेप्लेक्स सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन्, भने रञ्जनामा पनि ३ ओटा पर्दा नै सञ्चालनमा आउने छन् ।

गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै ३ हलको प्रबिधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो ।

अत्याधुनिक प्रबिधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ । कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हजमा गरि दैनिक १२ वटा शो हुनेछन् ।

शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शन सँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् । यस्तै शुक्रबारबाट नै सञ्चालनमा आउने रञ्जनामा जम्मा ५६९ सिट छन् अत्याधि सुविधा सम्पन्न सिट र फोरके प्रोजेक्सन जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए ।