सकियो सम्राज्ञी र जीतु अभिनित ‘ह्यारी की प्यारी’को छायांकन

सकियो सम्राज्ञी र जीतु अभिनित ‘ह्यारी की प्यारी’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोमान्टिक कमेडी सिनेमा ‘ह्यारी की प्यारी’को सम्पूर्ण छायांकन सकिएको छ । कोरोनाविरुद्धको खोप लगाएका कलाकार र प्राविधिकको टोली जुटाएर पर्वतबाट छायांकन सुरु भएको सिनेमाको डेढ महिनामा बुधवार इन्डक्ल्याप गरिएको हो । निर्देशक डा. कपिल रिजालले काठमाडौंसहित पोखरा, पर्वत, चितवनलगायतका स्थानमा सिनेमाको छायांकन गरिएको जानकारी दिए ।

सिनेमामा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् । सिनेमामा जितु ह्यारी र साम्राज्ञी प्यारीको रुपमा देखिनेछन् । सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको केमियो भूमिका छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा कथा रिजाल स्वयंम, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, रिजाल र अभिमन्यू निरवीले मिलेर तयार पारेका हुन् । सिनेमामा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा सुदीप बरालको छायांकन र अर्जुन जिसीले सम्पादन रहने छ । कपिलले सिनेमा पारिवारसँग बसेर हेर्न मिल्ने सिचुएसनल कमेडी जनरामा बनेको बताए । निर्देशक रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गरेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही छोटा सिनेमाको निर्देशन गरिसकेका छन् । पेशाले दन्त चिकित्सक रहेका उनी डा भोला रिजालका छोरा हुन् ।