‘चिसो मान्छे’को टिजर : सुदुरपश्चिमेली लुक्समा स्वस्तिमा

‘चिसो मान्छे’को टिजर : सुदुरपश्चिमेली लुक्समा स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । असार ३ मा प्रदर्शन हुने सिनेमा ‘चिसो मान्छे’को १ मिनेट लामो टिजरले सिनेमाको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गराउने प्रयास गरेको छ ।

टिजरमा अभिनेता अर्पण थापा दाह्री काटिरहेको देखिन्छन् भने स्वस्तिमा चिया खाँदै उनलाई हेरिरहेकी छिन् । देशभक्त खनालले उनको त्यो हेराइलाई भंग गर्ने प्रयास गरेका छन् । यसपछि आउने दृश्यले ट्रकमा राखिएको लासलाई फोकस गर्छ र त्यो ड्रोनसटसँगै टाढा टाढा हुँदै जान्छ ।

छायांकार र लेखकको जिम्मेवारी पनि सम्हालेका निर्देशक खनालले सिनेमाको छोटो दृश्यमार्फत स्वस्तिमाको फरक लुक्स र अभिनय तारिफ योग्य रहेको धेरैले उल्लेख गरेका छन् । सिनेमाले लास लिएर यात्रामा निस्कने तीन चरित्रको कथा प्रस्तुत गर्छ ।

लेखक तथा निर्देशकले सिनेमामा प्रयोग गरेको संवादले पात्रहरू सुदुरपश्चिमका बाजुरा र अछामलाई प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ । सिनेमाले स्थानीय निकायको चुनावका कारण रिलिज मिति सारेर असार ३ मा पुर्याएको छ । केही समय अघि सार्वजनिक पोस्टरले सामाजिक सञ्जालमा राम्रै प्रशंसा पाएको थियो ।