केकी र आँचल अभिनित ‘झिँगेदाउ’ रिलिज मिति घोषणा

केकी र आँचल अभिनित ‘झिँगेदाउ’ रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी बर्षको भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा छ । कोरोना महामारी अघि नै सम्पुर्ण छायांकन सकिएको सिनेमाको पोस्ट प्रोडक्सनको पनि सम्पुर्ण काम सकिसकेको छ ।

सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ । सिनेमामा केकी र आँचलका अलवा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ‘झिङ्गे दाउ‘मा आधारित रहेको निर्देशक देउजाले बताए । प्रदीप भारद्वाजको पटकथा सम्वाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । सिनेमामा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।