‘डि सिने अवार्ड’ सम्मान एवं पुरस्कारको घोषणा

‘डि सिने अवार्ड’ सम्मान एवं पुरस्कारको घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘डि सिने अवार्ड’को अवसर पारेर छायाँछवि क्रियसनले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । छायाँछवि क्रियशनले छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि सिनेमाकर्मी रजत सम्मान (पुरुष/महिला) एवं छायाँछवि सिनेमा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो सिनेमा ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम अभिनेत्रीको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि सिनेमाकर्मी रजत सम्मान पुरुष तर्फको अभिनेता विजय लामालाई प्रदान गर्ने भएको छ । २०४१ सालमा सार्बजनिक भएको सिनेमा ‘आदर्श नारी’बाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए ।

यता छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि सिनेमाकर्मी रजत सम्मान महिला तर्फको झरना थापालाई प्रदान गर्ने भएको छ । थापाले २०५३ सालमा सिनेमा ‘दाइजो बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने अवार्ड संयोजक शान्ति प्रियले बताए ।