‘हेल्लो जिन्दगी’को ‘झुम्के बुलाकी’मा बिक्रम र बिभियाको नृत्य

‘हेल्लो जिन्दगी’को ‘झुम्के बुलाकी’मा बिक्रम र बिभियाको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको एभरेष्ट सुर्य बोहरा निर्देशित सिनेमा ‘हेल्लो जिन्दगी’को नयाँ गीत रिलिज गरिएको छ । झुम्के बुलाकी बोलको गीतमा मुख्य अभिनेता बिक्रम जोशी र अभिनेत्री बिभिया श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

बिभिया सिनेमाको सार्वजनिक गीतमा मात्र देखिने छिन् । यही सिनेमाबाट उनले नेपाली सिनेमामा डेव्यु गर्दैछिन् । आगामी दिनमा नेपाली सिनेमामा नै रमाउने उद्देश्य सहित उनी नेपाली सिनेमामा अभिनय गरेका बताउँछिन् । बिभिया लण्डनमा बसेर अध्यन गरिरहेकी छन् ।

सिनेमाको सार्वजनिक गीतमा राजराज सिवाकोटीको शब्द, संगीत तथा स्वर छ । उनलाई फिमेल गायनमा मिलन नेवार साथ दिएकी छन् । सिनेमामा समावेश गीत टिपिकल नेपाली शब्द समावेश गरेर तयार पारेको संगीतकार सिवाकोटीले बताए । गीतले सिनमाको व्यापारमा ठुलो सहयो पुर्याउने विश्वास संगीतकार सिवाकोटीलाई छ ।

वीरञ्जना इन्टरटेनमेन्टको प्रस्तुतीमा महारानी इन्टरटेनमेन्ट युके र एभरेष्ट सुर्य बोहरा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विक्रम जोशी र दीपिका प्रसाईको मुख्य भुमिका छ । सिनेमामा प्रियंका कार्की, विक्रान्त वस्नेत विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

हिराल जोशी र विक्रम जोशीले निर्माण गरेको सिनेमाकी कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन हुन् । निर्देशक बोहरा र अभिनेता जोशीको कथा रहेको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साघाएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको सिनेमामा मित्र डी गुरुङको सम्पादन छ । सविता गुरुङ सह(निर्माता रहेको सामाजिक कथामा निर्माण गरिएको ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो ।