ओस्कार अवार्ड : उत्कृष्ट सिनेमा ‘कोडा’, सर्वाधिक ६ विधामा ‘ड्युन’

ओस्कार अवार्ड : उत्कृष्ट सिनेमा ‘कोडा’, सर्वाधिक ६ विधामा ‘ड्युन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डमा यसवर्षको सर्वोत्कृष्ट सिनेमा ‘कोडा’ घोषित भएको छ । अस्करको ९४ औं संस्करणमा स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको सिनेमाले हात पार्यो।

कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिकरुपमै ओस्कारलाई भव्यरुपमा आयोजना गरिएको हो । अमेरिकाको लस-एन्जल्समा सोमबार बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । सर्वाधिक ६ विधामा हलिउड सिनेमा ‘ड्युन’ले अवार्ड जित्यो ।

नेटफ्ल्क्सिले निर्माण गरेको सिनेमा ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएको थियो । निर्देशन जेन क्याम्पियन ओस्कार जित्ने तेस्रो महिला निर्देशक समेत बनिन् । उनको सिनेमा ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएपनि निर्देशन विधामा अवार्ड जित्न सफल भयो ।

ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो । निकै विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएर जस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए ।

जापानले १४ वर्षपछि अन्तर्राष्ट्रिय फिचर सिनेमा विधामा ‘ड्राइभ माइ कार बाट ओस्कार जित्यो । सह-अभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने । ‘वेस्ट साइड स्टोरी’बाट सह-अभिनेत्रीमा उत्कृष्ट बनेसँगै एरियाना डिवोस ओस्कार जित्ने पहिलो समलिंगी महिला बनिन् ।

स्मिथले उत्कृष्ट अभिनेताको रुपमा पहिलो ओस्कार पनि जिते । युक्रेनलाई समर्थन गर्न ओस्कार अवार्ड समारोहमा रुसी आक्रमणको विरोधमा एक मिनेट मौनधारण समेत गरियो । हलिउडले यसअघि नै रुसी सिनेमा र त्यहाँ हुने प्रदर्शनलाई बहिष्कार गरेको अवस्था छ ।

ओस्कार विजेता सिनेमाको पूर्ण सूची हेर्नूस :

सिनेमा : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनि : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट : ड्युन