लक्ष्मणको ‘ठगराज’ गीतमा प्रताप र दीपाको स्वर

लक्ष्मणको ‘ठगराज’ गीतमा प्रताप र दीपाको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्षमण सुवेदीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ठगराज’को पहिलो गीत रेकर्डिङ्ग गरिएको छ । लक्ष्मण सुवेदीको लेखन तथा निर्माण गर्ने सिनेमाको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

माया बसेको रैछ बोलको गीतको रचना निर्देशक सुवेदीले नै लेखेका हुन् । गीतमा पछिल्लो समयका चर्चित गायक प्रताप दास र दीपा लामाले स्वर भरेका छन् । गीतको एरेञ्जर गोपाल रसाइली र शिवराम रसाइली हुन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने सिनेमा जेठमा छायाँकन गर्ने तयारी रहेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको कलाकार तथा प्राबिधिक टिम छनोट कार्य चलिरहेको निर्देशक सुवेदीले बताए ।

सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन सिनेमामा हुने दाबी गरेका छन् । सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ ।