‘प्रेमगञ्ज’बाट तेज गिरी ‘राजा’ लुक्स सार्वजनिक

‘प्रेमगञ्ज’बाट तेज गिरी ‘राजा’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही समयअघि बेनिशा हमालको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘प्रेमगञ्ज’को रिलिज मिति घोषणा गरिएको थियो । बुधबार सिनेमाका मुख्य अभिनेता तेज गिरीको लुक्स सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टर अभिनेता गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । यो उनको डेब्यु सिनेमा पनि हो । यसअघि पनि उनले ससाना भुमिकामा थुप्रै सिनेमामा अभिनय गरिसकेका छन् । भदौ ३ गते रिलिजको तयारीमा रहेको सिनेमाको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् ।

सिनेमामा तेज र बेनिशाका अलवा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्काको अभिनय छ । चलचित्र चौतारीको प्रस्तुति रहेको सिनेमाको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको सिनेमाको प्रस्तुतकर्तामा राजु फुयाल छन् । आगामी बैशाख ३ गते सिनेमाको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ ।