एक्शन सिनेमा ‘शमशेर’मा जोडिए हिमेश र सुमन

एक्शन सिनेमा ‘शमशेर’मा जोडिए हिमेश र सुमन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहने सिनेमा ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल सिनेमाको लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।

एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । सिनेमामा अभिनय गर्न लागेका हिमेश र सुमनको भुमिका कस्तो रहनेछ भन्ने चाहीँ खुलाइएको छैन् । सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।

सिनेमाको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने सिनेमामा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।