ह्याकरबाट फिर्ता ल्यापछि पुर्ण रुपमा सञ्चालनमा बुढासुब्बा

ह्याकरबाट फिर्ता ल्यापछि पुर्ण रुपमा सञ्चालनमा बुढासुब्बा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ह्याकरको कब्जामा गएको बुढासुब्बा डिजिटलको युट्युब च्यानर पुर्ण रुपमा फिर्ता ल्याइएको छ । शुक्रबार बुढासुब्बाले एक विज्ञप्ती सार्वजनिक गर्दै च्यानल पुर्ण रुपमा सञ्चालनमा आएको उल्लेख छ । नेपाली सिनेमाको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्मको बुढासुब्बाको यूट्युब ह्याक हुँदा अक्र्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका थिए ।

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । बिहिबार दिनभर लगाएर बुढासुब्बाको च्यानलबाट हटेका सम्पुर्ण सिनेमा तथा गीतसंगीतका भिडियो फिर्ता ल्याइएको कम्पनिले जनाएको छ । सम्पुर्ण सामाग्र फिर्ता ल्याएपछि आजबाट च्यानल पुर्ण रुपमा सञ्चालमा आएको हो ।

४० लाखभन्दा बढी सब्स्क्राइभ रहेको च्यानलमा हजारौंको संख्यामा गीत र सिनेमाहरु थिए । ती सबै ह्याकरले उडाएपछि बुढासुब्बा टिम तनावमा देखिएको छ । बुढासुब्बाको च्यानल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर फिर्ता ल्याइएको थियो ।