७ विधामा १४ पुरस्कार बाँड्दै सकियो निफ

७ विधामा १४ पुरस्कार बाँड्दै सकियो निफ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार काठमाडौं नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) पाँचौ संस्करण सम्पन्न भएको छ । महोत्सवमा विभिन्न सिनेमाको ७ वटा विधामा उत्कृष्ट १४ वटा पुरस्कार वितरण गरिएको थियो ।

महोत्सवमा राष्ट्रिय फिचर सिनेमातर्फ ‘महानगर’ उत्कृष्ट घोषित भएको छ । मोहन राई निर्देशित सिनेमाले उत्कृष्ट स्क्रिनप्ले ‘पटकथा’ को अवार्डसमेत जितेको छ । त्यसैगरि, अन्तर्राष्ट्रिय फिचर सिनेमातर्फको प्रतिस्पर्धामा बंगलादेशबाट मोहम्मद राबी मिद्धा निर्देशित ‘नो ग्राउण्ड बिनिथ द फिट’ले उत्कृष्ट अवार्ड जित्यो ।

डन किहोटे अवार्ड उत्कृष्ट फिचरतर्फ फैजल सयसलको निर्देशित सिनेमा ‘साइलेन्स ट्री’ले अवार्ड हात पार्यो । राष्ट्रिय सिनेमातर्फ ‘चिसो एस्ट्रे’ सिनेमाबाट उज्ज्वल बस्ताकोटीले सिनेमट्रोग्राफीको लागि अवार्ड हात पारे । यसवर्षको उत्कृष्ट अभिनेताको अवार्ड ‘चिसो एस्ट्रेुबाट दिव्य देवले उचाल्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘महानगर’बाट मेनुका प्रधान जितिन् ।

उत्कृष्ट निर्देशको अवार्ड ‘महानगर’ बाट मोहन राईलेले उचाले । सर्ट सिनेमाबाट उत्कृष्ट निर्देशकको लागि बच्चन बेन्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट सिनेमाको अवार्ड ‘आईसक्रिम’ का लागि संगिता श्रेष्ठले जितिन । उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट सिनेमालाई दिइने वाग्मती अवार्ड ‘अल सिट्ट’ले पाएको छ । गौतमबुद्ध अवार्ड भने ‘नो ग्राउन्ड बिनिथ द फिट्’ले जितेको छ ।

त्यस्तै,मन्जुश्री अवार्ड अन्तर्गतको उत्कृष्ट एनिमेडेट सिनेमा अवार्ड ‘साईमन फिलियोन’, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्र्स’ का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ ले जितेको छ । ३८ देशका ८९ देखाइएका यसवर्षको निफमा ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ भन्ने नारा राखिएको थियो ।