सेयर बाँडफाँड सम्बन्धिको समाचारप्रति चलचित्र संघको ध्यानाकर्षण

सेयर बाँडफाँड सम्बन्धिको समाचारप्रति चलचित्र संघको ध्यानाकर्षण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र संघले केहीदिन यता मिडियामा आएको समाचार प्रति ध्याकर्षण भएको जनाएको छ । बिहिबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उक्त समाचार प्रति ध्यानाकर्षण भएका जानकारी दिएको छ ।

सार्वजनिक विज्ञप्तीमा केहीदिन अघि चलचित्र संघका पदाधिकारीको बैठक बसेर बैशाख १ गतेसम्म रिलिज हुने सिनेमाको सेयर बाँडफाँडमा मौखिक सहमति भएपनि त्यसपश्चात रिलिज हुने सिनेमाको विषयमा कुनैपनि निर्णय नभएको अध्यक्ष मधुसुधन प्रधान हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघि मिडियामा आएको समाचारमा बैशाख १ बाट प्रदर्शनमा आउने सिनेमाले रिलिजको पहिलो र दोस्रो साता प्रदर्शक र निर्माताबीच ५०(५० प्रतिशत सेयर बाँडफाँड हुने र तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउने खालका समाचार आएका थिए ।