सलोनले सञ्चालनमा ल्याए ‘आसन लाउन्ज एण्ड बार’

सलोनले सञ्चालनमा ल्याए ‘आसन लाउन्ज एण्ड बार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय कलाकारहरु सिनेमामा अभिनयका अलवा व्यावसाय तिर पाइला चालिरहेका छन् । यसैबीच अभिनेता सलोन बस्नेतले पनि नयाँ बर्षको अवसर पारेर ‘आसन लाउन्ज एण्ड बार’ सञ्चालनमा ल्याएका छन् ।

उनले आफ्नो मिल्ने साथी रबिन कँडेलसँग मिलेर ललितपुरको भम्सीखेल स्थित बिग मार्ट अगाडी १ करोड बढि लगानीमा लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । उनको बारमा हरेक दिन लाइभ म्यूजिक हुनेछ । बारमा सफिक हप ब्यान्डले गीत गाउने छन भने हाल ब्यान्डको ‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ ।

बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।

सलोन अभिनित सिनेमा ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी चाँडै अनमोलसँग नयाँ सिनेमा ‘हनी बनी’ र निता ढुंगानाको ‘ह्रस्व-दीर्घ’को छायांकन सुरु गर्दैछन् ।