‘हिरोपन्ती २’ छायांकार कबिरले खिच्ने भए निताको ‘ह्रस्व-दीर्घ’

‘हिरोपन्ती २’ छायांकार कबिरले खिच्ने भए निताको ‘ह्रस्व-दीर्घ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गर्न लागेको सिनेमा ‘ह्रस्व-दीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् । निर्माण कम्पनी र छायांकार लालबीच आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको छ ।

भारतको कन्नड मूलका छायांकार कबिरले राकेश रोशनको कहो ना प्यार है, अनिल कपुरको ताल, सञ्जय दत्त र मनीषा कोइरालाको खौफ, सलमान खानको युवराज लगायत ३४ हिन्दी सिनेमा छायांकन गरिसकेका छन् । टाइगर श्राफको सिनेमा ‘हिरोपन्ती २’ अप्रिल २९ मा रिलिजको तयारीमा छ । जुन उनले पछिल्लो समय खिचेको बलिउडको चर्चित सिनेमा हो ।

‘ह्रस्वदीर्घ’मा नीता ढुंगानाका अलवा सलोन बस्नेत र हरिहर अधिकारीको मुख्य भुमिका रहनेछ । आगामी साउनदेखि पहिलो चरणको छायांकन सुरु हुने सिनेमाको बाँकी छायांकन दशैंपछि गरिने निर्माण टिमले जनाइएको छ । चन्द्र पन्तको डेव्यु निर्देशन रहेने सिनेमामा थुप्रै बलिउड कलाकार प्राविधिकले काम गर्नेछन् । सिनेमालाई हिन्दी र नेपाली गरी दुई भाषमा निर्माण गरिने छ ।

निर्मात्री नीता ढुंगानाले नेपाली र हिन्दी दुवै भाषामा सिनेमा छायांकन गरिने भएकाले बलिउड छायांकार कबिर लाललाई अनुबन्धित गरिएको बताइन् । सिनेमाको नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन गरिने छ । सिनेमालाई भारतको प्रसिद्ध ओटिटी प्लेटर्फममा पनि रिलिजको तयारी भैरहेको छ ।