प्रदर्शनमा आयो ‘ए मेरो हजुर ४’, विहानी शोबाटै हाउसफुल

प्रदर्शनमा आयो ‘ए मेरो हजुर ४’, विहानी शोबाटै हाउसफुल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बिहिबार नयाँ वर्षको अवसर पारेर बहुप्रतिक्षित सिनेमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ । उच्च प्रचार-प्रसारका साथ प्रदर्शनमा आएको सिनेमाले विहानी शोबाटै हाउसफुल व्यापारको सुरुवात गरेको छ ।

झरना थापा निर्देशित सिनेमाले विदेशी सिनेमाका दबदबाका बावजुद पनि राम्रो शो हात पारेको छ । प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया बटुलेको सिनेमाले दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ । वर्ड अफ माउथ राम्रो पाएकाले सिनेमाले बक्सअफिसमा बम्पर व्यापार गर्ने संकेत देखाएको छ ।

वितरकका अनुसार विहानी शोबाटै सिंगलदेखि मल्टिप्लेक्ससम्म हाउसफुल सुरुवात गरेका जनाइएको छ । सिनेमा हेरेका अधिकांश दर्शकले अनमोल, सुहाना र सलोन अभिनयलाईै उत्कृष्ट प्रतिक्रिया दिएका छन् । डेव्यु सिनेमाबाट वाहवाही बटुलेकी सुहाना र अनमोलको अभिनयको तारिफ दर्शकबाट मिलिरहेको छ । अनि निर्देशक झरना थापाको कामको पनि सिनेमाको प्रिमियर शोमा तारिफ पाएको थियो ।

सिनेमामा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।