‘गणपति’बाट मुकुनको फर्स्टलुक सार्वजनिक

‘गणपति’बाट मुकुनको फर्स्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भगवान र मानिसबीचको फरक देखाउने बताईएको नेपाली सिनेमा ‘गणपति’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ वर्षको शुभकामना सहित सिनेमाको पोस्टर सार्वजनिक गरिएको छ । सिनेमा यही वर्ष रिलिज गर्ने तयारी निर्माण टिमको छ ।

पोस्टरमा मानिस र भगवान गणेशलाई सांकेतिक रुपमा आधा-आधा राखिएको छ । सिनेमामा लेखन तथा निर्देशन सबिन अधिकारीको रहेको छ । सिनेमामा अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको छ ।

‘गणपति’मा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतका कलाकारको पनि अभिनय छ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि सिनेमामा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् ।

सिनेमाको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको सिनेमामा हरि बहादुर घलेको छायांकन रहेको छ । गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले स्वर भरेका छन् ।