सनम कुमार निर्देशित ‘कैदीको पत्र’ फर्स्टलुक पोस्टर रिलिज

सनम कुमार निर्देशित ‘कैदीको पत्र’ फर्स्टलुक पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘कैदीको पत्र’ को नयाँ बर्षको अवसर पारेर बिहिबार फर्स्टलुक स्वरुप तीन फरक-फरक डिजाइनका पोस्टर सार्वजनीक गरिएको छ । सनमकुमार बैराग निर्देशीत सिनेमाको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने छ ।

साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित सिनेमाको पटकथा र संवाद निर्देशक बैरागकै हो । सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको सिनेमा स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा खिचिएको छ ।

सिनेमामा बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् ।

बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा अभिनीत सिनेमा कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ३५ प्रतिशत अग्रेजी भाषामा रहेको सिनेमा माया, प्रेम, पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील बिषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् ।

रामेश्वर कार्कीले खिचेको सिनेमाको निर्मातामा हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घले छन् । निर्देशक बैरागकै गीत, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको सिनेमा भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो ।