एफक्युव, विएसआर र बिग मुभिजलाई कारवाहीको लागि सिफारिस

एफक्युव, विएसआर र बिग मुभिजलाई कारवाहीको लागि सिफारिस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले नियम विपरित रात्री सो सञ्चालन गरेको तथा टिकट दर नै नराखी टिकट बिक्रि गरेको भन्दै काठमाडौँका तीन ठूला हललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

राजस्व अनुसन्धान विभाग तथा जिल्ला प्रशासन कार्यलयलाई शुक्रबार विकास बोर्डले पत्र लेख्दै तीनै हलमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । ‘अतिरिक्त सो सञ्चालन गर्नुअघि बोर्डसँग स्वीकृति लिनुपर्ने नियम यी हलले पूरा गरेको पाइएन ।

बिएस आर मुभिज, बिग मुभिज र एफक्युबले अनुमतिविना बिहानैदेखि शो सञ्चालन गर्नुका साथै टिकट दर नै नराखी टिकट बिक्रि गरेको उजुरीका आधारमा कारबाहीका लागि राजस्वलाई अनुरोध गर्ने निर्णय गरेको बोर्ड अध्यक्ष दयाराम दाहालल जानकारी दिए ।

बोर्ड अध्यक्ष दाहालका अनुसार कर छली गरेको पाइएमा राजस्वले हल बन्द गर्ने तथा ठाउँको ठाउँ जरिवाना गर्न सक्ने व्यवस्था छ । राजस्वले सामान जफत गर्ने र ५ लाख बराबरको जरिवाना तिराउन सक्ने पनि व्यवस्था रहेको उनको भनाई छ ।

बिहीबारदेखि नेपालमा प्रदर्शन भएको डब सिनेमा ‘केजीएफ २’ राजधानीका धेरै हलले दर्शकको माग भन्दै मध्यरात १ बजेदेखि देखाएका थिए । यो क्रममा बोर्डलाई पूर्व जानकारी दिनुपर्नेमा नदिईकन सिनेमा देखाएकाले विकास बोर्ड अनुगमनमा सक्रिय भएको हो ।