अंकितलाई ‘रातो टीका निधारमा’बाट राष्ट्रिय चलचित्र पुरस्कार

अंकितलाई ‘रातो टीका निधारमा’बाट राष्ट्रिय चलचित्र पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारी अगाडी प्रदर्शनमा आएको सिनेमा हो ‘रातो टीका निधारमा’ । यो सिनेमाबाट निर्माता तथा निर्देशक अशोक शर्माका छारो अंकित शर्माले अभिनेताको रुपमा डेव्यु गरेका थिए ।

बक्सअफिसमा औषत व्यापार गरेको सिनेमाबाट डेव्यु अभिनेता अंकितको अभिनयको राम्रै प्रसंशा भएको थियो । फल स्वरुप अंकितले आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, बिशेष सम्मान तथा दीर्घसाधना सम्मान कार्यक्रममा जुरी पुरस्कार तर्फबाट उनले डेव्यु अभिनेताको अवार्ड उचाले ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा निर्माण भएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, खुश्बु खड्का, रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको थियो । डेव्यु अभिनेताको अवार्ड उचालेसँगै उनले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।