केकी अभिनित ‘सिल्ली फो’को रिलिज मिति घोषणा

केकी अभिनित ‘सिल्ली फो’को रिलिज मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘सिल्ली फो’को प्रदर्शन मिति घोषणा गरिएको छ । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

मंगलबार कमेडी जनरामा निर्माण भएको सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमामा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता श्रेष्ठ, सरस्वती राम्जाली मगर, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा जयमन बिश्वकर्माको पनि अभिनय रहेको छ ।

मनोज डिके निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ सह–निर्माताको रुपमा छन् । सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्धन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर सम्पादन रहेको छ ।