नेपालमा हिन्दी डब सिनेमाको रिलिज रोक्न बिकास बोर्डको आग्रह

नेपालमा हिन्दी डब सिनेमाको रिलिज रोक्न बिकास बोर्डको आग्रह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार बसेको चलचित्र बिकास बोर्डको बैठकले नेपालमा हिन्दी डब सिनेमा रिलिज गर्न नदिन सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । यदी बिकास बोर्डको निर्णय सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले मानेको खण्डमा केहि समय भित्र नेपालमा हिन्दी डब सिनेमा रिलिज हुने छैनन् ।

अध्यक्ष दयाराम दाहालले बोर्ड बैठकले नेपालमा विदेशी डब सिनेमा रिलिज नगर्न आग्रह गर्दै मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । हाम्रो बैठकले विभिन्न भाषामा बनेर हिन्दीमा डब गरिएका सिनेमा चलाउन नदिने मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ, बोर्ड अध्यक्ष दाहालले भने, ‘हाम्रो उद्देश्य विदेशी सिनेमालाई प्रतिबन्ध गर्ने होइन । डब सिनेमा नआउन भन्ने मात्रै हो । मंगलबार नै सञ्चार मन्त्रायललाई निर्णय पत्राचार गरेका छौं ।’

हाम्रो निर्णय लागु हुने हो भने तमिल, तेलुगु, कन्नड, मल्यालम तथा भोजपुरी लगायतका भारतका क्षेत्रीय सिनेमा हिन्दीमा डब भएर नेपालमा प्रदर्शन हुने छैनन् । यद्यपि, विदेशी सिनेमाका रूपमा भने जुन भाषामा बनेका सिनेमा हुन् त्यही भाषामा भने रिलिज गर्न पाइने बोर्ड अध्यक्ष दाहाल बताए ।

पछिल्लो समय नेपालमा भारतमा विभिन्न क्षेत्रीय भाषामा निर्माण भएका सिनेमा नेपालमा हिन्दी डबमा रिलिज भएकाले नेपाली सिनेमा मारमा परेको भन्दै सिनेमाकर्मीले चर्को विरोध जनाएका थिए । जसको फल स्वरुप विकास बोर्डले मन्त्रालयलाई भारतका क्षेत्रीय भाषमा बनेका सिनेमाको नेपाल रिलिज रोक्ने निर्णय गरेको हो ।