शाहरुख र हिरानीको ‘डन्की’ निर्माण घोषणा

शाहरुख र हिरानीको ‘डन्की’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सफल निर्देशक राज कुमार हिरानीले नयाँ सिनेमा ‘डन्की’ निर्माण घोषणा गरेका छन् । सोसल कमेडी कथामा निर्माण हुने सिनेमामा बलिउड अभिनेता शाहरुख खान र तपसी पन्नुको मुख्य भुमिका रहनेछ ।

यो सिनेमाको अघिल्लो शुक्रबारबाट छायांकन थालिएको बलिउड मिडियाले उल्लेख गरेका छन् । निर्देशक हिरानी शाहरुखले मंगलबार समाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै सिनेमा को निर्माण घोषणा गरेका हुन् । सिनेमाको निर्माणसँग प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो सिनेमा २०२३ को २२ डिसेम्बर अर्थात क्रिसमसमा रिलिज हुनेछ ।

जियो स्टुडियो, रेड चिल्ली इन्टरटेनमेन्ट र राज कुमार हिरानी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाको कथा निर्देशक हिरानी स्वयंमले लेखका हुन्, भने पटकथा तथा संवाद उनले कनिका ढिल्लोन र अभिजात जोशीसँग मिलेर तयार पारेका हुन् ।

‘जिरो’ असफल भएपछि केही समय अभिनयबाट ब्रेक लिएरका शाहरुख हाल धमाधम एकपछि अर्को सिनेमामा अनुबन्धित भैरहेका छन् । हालै उनले यशराज फिल्मस्को ‘पठान’ छायांकन सेकाका छन् । अब उनले दक्षिण भारतीय सिनेमाका सफल निर्देशक एट्ली कुमारको ‘लायन’ र हिरानीको ‘डन्की’ छायांकन एकसाथ गर्ने बलिउड मिडियाले जनाएका छन् ।