बिकास बोर्डद्धार सेन्सर नगरी अग्रीम टिकट बेच्न रोक

बिकास बोर्डद्धार सेन्सर नगरी अग्रीम टिकट बेच्न रोक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार चलचित्र बिकास बोर्डमा भएको प्रदर्शक तथा बितरकसँगको छलफलले आगामी दिनमा विदेशी सिनेमाको सेन्सर नगरी अग्रीम टिकट बुकिङ खोल्न नपाइने निर्णय गरेको छ । जसको कार्यन्वयन गर्नका लागि मंगलबार नै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई पत्राचार समेत गरिएको बिकास बोर्डले जनाएको छ ।

बैशाख १ गतेबा प्रदर्शनमा आएको दक्षिण भारतीय सिनेमा ‘केजिएफ च्याप्टर-२’ ले नेपालमा सेन्सर नै नगरी १ हप्ता अगाडीबाट अग्रीम टिकट बुकिङ खुल्ला गरेपछि त्यसको व्यापक विरोध भएको थियो । आगामी दिनमा यस्ता गलत कार्य रोक्ने कदम स्वरुप बोर्डले छलफल गरी आगामी दिनमा कडाई गर्न अनुमतिको लागि मन्त्रालयसँग सहयोग मागेको विकास बोर्डले उल्लेख गरेको छ ।

यदी बिकास बोर्डको यो प्रस्ताव सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पास गरेको खण्डमा आगामी दिनमा नेपालमा रिलिज हुने कुनैपनि विदेशी सिनेमाले सेन्सर पास नगरी अग्रीम टिकट बेच्न पाउने छैनन् । त्यसपछि नेपालमा हल सञ्चालक र वितरकले गर्ने मनपरी अन्त्य हुने विश्वास सिनेमाकर्मीलाई छ ।