काठमाडौंको मेयरमा बालेनको उम्मेदवारी, सिनेमा र संगीत प्रथामिकतामा

काठमाडौंको मेयरमा बालेनको उम्मेदवारी, सिनेमा र संगीत प्रथामिकतामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – र्यापर बालेन शाहले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले त्यसअघि घोषणा पत्र समेत सार्वजनिक गरेका थिए । उनको घोषणा पत्रमा संगीत, सिनेमा र कलालाई बिशेष प्रथामिकतामा राखिएको छ ।

आइतबार बिहान एक कार्यक्रमको आयोजना गरी बालेनले चुनावी घोषणापत्र सार्वजनिक गरे, जसलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । कला क्षेत्रको तर्फबाट उम्मेदवार बन्न लागेका बालेनले घोषणापत्रमा सिनेमा र संगीतलाई पनि सम्बोधन गरेका छन् ।

बालेनको घोषणापत्रमा उल्लेख छ, ‘अन्तर्राष्ट्रिय सिनेमा, संगीत, कला र अन्य मनोरञ्जन विधिहरुको रुपमा काठमाडौंको ब्राण्डिङ गरिनेछ ।’ साथै, अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रलाई अनुदान प्रदान गर्ने योजना पनि बालेनको छ ।

सेलिब्रिटीले सामाजिक सञ्जालका टाइमलाइनबाट र्याप गायनबाट स्थापित कलाकार बालेनलाई भोट मागिरहेका छन् ।