‘ह्युस्टन फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता

‘ह्युस्टन फिल्म फेस्टिभल’मा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म आयोजना भएको ‘वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

महेशले सिनेमा ‘हल्कारा : द पोस्टम्यान’बाट अवार्ड प्राप्त गरेका हुन् । उनले उत्कृष्ट अभिनेताको मनोनयनमा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गरेका थिए ।

अभिनेता त्रिपाठीले संसारकै तेस्रो पुरानो र प्रतिष्ठित सिनेमा महोत्सवमा नेपालबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्नु आफ्नो लागि ठूलो उपलब्धि र खुशीको कुरा रहेको बताए । यो अवार्डले आफूलाई थप हौसला र प्रोत्साहन गरेको उनको भनाई छ । ‘हल्कारा’लाई अब हलमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

फेस्टिभलमा २३ तारिखमा प्रिमियर भएको सिनेमाले प्लाटिनम रेमी अवार्ड र यही सिनेमाबाट छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड पनि जितेका छन् । सिनेमामा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की लगायतको अभिनय छ । विक्रम सापकोटा निर्देशित सिनेमालाई विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।