शाहरुख र एट्ली सहकार्य, ‘लायन’को कथा परिवर्तन

शाहरुख र एट्ली सहकार्य, ‘लायन’को कथा परिवर्तन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केही महिना अघि मात्रै यशराज फिल्मस्को ‘पठान’ छायांकन सेकेका बलिउड अभिनेता शाहरुख खान यतिवेला राजकुमार हिरानीको नयाँ सिनेमा ‘डन्की’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको पहिलो सेड्युलको छायांकन सकिएसँगै उनले तमिल निर्देशक एट्ली कुमारको नयाँ सिनेमा ‘लायन’को छायांकन सुरु गर्ने छन् ।

एट्लीको सिनेमा ‘लायन’को तेस्रो चरणको छायांकन अगावै स्कृप्टमा निकै हेरफर गरिएको बलिउड हंगामाले समाचार प्रकाशन गरेको छ । निर्देशक एट्ली र अभिनेता शाहरुख यसअघि दुई सेड्यु गुपचुप छायांकन गरेका थिए । तेस्रो चरणको छायांकन थाल्ने सुरसार हुँदै गर्दा सिनेमाको स्कृप्टमा बदलाव गरिएको हो ।

एट्लीले बलिउडमा डेव्यु गर्ने यो कुनैपनि दक्षिण भारतीय सिनेमाको रिमेक होइन् । यो उनी आफैले तयार गरेको सिनेमाको फ्रेस स्टोरी हो । सिनेमाको स्कृप्ट राम्रो बनेको र शाहरुखलाई नयाँ स्वरुपमा देख्न पाइने दावी निर्माण कम्पनिको पनि छ । तर, स्कृप्ट आफैमा राम्रो हुँदा हुँदै पनि सिनेमाका मुख्य अभिनेता शाहरुख खानलाई केही सिनेमा सङ्कोच मनमा थियो ।

जसकारण उनले निर्देशक एट्ली कुमारलाई उक्त सिन परिवर्तन गर्न आग्रह गरेका थिए । शाहरुखको आग्रहलाई निर्देशकले सहज रुपमा स्वीकार गर्दै उनले सिनेमाको स्कृप्टमा ठुलो बदलाव गरेका छन् । यही सिनेमा तमिल लेडी सुपरस्टार नयनतारा पनि शाहरुखको जोडी भएर बलिउड डेव्यु गर्दैछिन् ।