‘आँधि तुफान २’ शिर्ष गीतमा बोल्ड आरती, सोनी र यांशु

‘आँधि तुफान २’ शिर्ष गीतमा बोल्ड आरती, सोनी र यांशु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘आँधि तुफान २’को शिर्ष गीतको भारतको गोवामा छायांकन गरिएको छ । केही महिना अघि छायांकन गरिएको गीतको छायांकन सेटको एक फोटो सार्वजनिक गरिएको छ ।

निर्माता तथा लेखक मौनता श्रेष्ठले सार्वजनिक गरेको तस्वीरमा सिनेमाका मुख्य तीन अभिनेत्री आरती आचार्य, सोनी बिसी र यांशु श्रेष्ठलाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । र्साजनिक तस्वीरले सिनेमाको शिर्ष गीत प्रती दर्शकको कौतुहलता बढाउन विश्वास निर्माण टिमलाई छ । सुवानी मोक्तानको स्वर रहेको गीतमा हरी उप्रतीको शब्द रचाना तथा सुरेश अधिकारीको संगीत छ ।

सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्शन सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा आँधि तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन् ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अवी श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

सिनेमामा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्जुन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने सिनोमामा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।