‘केजिएफ २’ पश्चात प्रशान्त निलको पारिश्रमिक दोब्बर बढ्यो

‘केजिएफ २’ पश्चात प्रशान्त निलको पारिश्रमिक दोब्बर बढ्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘केजिएफ र केजिएफ २’को सफलता पश्चात निर्देशक प्रशान्त निलले पारिश्रमिक बढाएका छन् । यो सिरिजमा नाफाको केही प्रतिशत लिने शर्तमा काम गरेका उनले ‘सलार’मा २५ करोड पारिश्रमिक लिने गरी सम्झौता गरेका थिए ।

होम्बले फिल्मस्को ब्यानरमा नै निर्माण भएको सिनेमा ‘सलार’ हाल स्कृप्टमा परिवर्तन गर्दै पुन छायांकनको तयारी भैरहेको छ । यसैबीच निर्देशकले ‘केजिएफ २’को सफलतापछि ‘सलार’बाट आफुले ५० करोड पारिश्रमिक पाउनु पर्ने माग निर्माता समक्ष राखेका थिए । उनको मागलाई सहज रुपमा स्वीकार्दै निर्माण कम्पनि उनलाई सो पारिश्रमिक दिन तयार भएको बलिउड मिडियाले जनाएका छन् ।

‘सलार’ पश्चात उनले जुनियर एनटिआरसँग मैथरी मुभि मेकर्स र डिभिभि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा काम गर्ने सम्झौता गरिसकेका छन् । यी दुवै व्यानरका सिनेमाबाट पनि उनले ५० करोड नै पारिश्रमिक पाउने सम्झौता गरेको बलिउड मिडियाले उल्लेख गरेका छन् ।