चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार घोषणा

चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले कोरोना महामारीका कारण रोकिएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । शनिबार दिनेश सिटौलाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले तीनै वर्षको सम्मान तथा पुरस्कार एकै पटक दिने घोषणा गरेको हो ।

चलचित्र पत्रकार संघले विक्रम संवत २०७७ को चलचित्र पत्रकारिता सम्मानबाट शान्तिप्रिय र राजन घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय आरडी शृंखला र दिवाकर मैनालीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कार राशि जनही २५ हजार राखिएको छ । यस्तै सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट रीना मोक्तानलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस्तै वर्ष २०७८ को चलचित्र पत्रकारिता सम्मानबाट सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई सम्मानित गर्ने निर्णय गरेको छ । सोही वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट कुमार आचार्य र गीता अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि जनही ५१ हजार रहेको छ । सोही वर्षको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट मनोज न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यही वर्षबाट थपिएको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट कास्कीका रेम विकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

अनि बर्ष २०७९ को चलचित्र पत्रकारिता सम्मानबाट राजाराम फुयाँल र लक्ष्मण सुवेदीलाई सम्मान गर्ने निर्णय गरिएको छ । यो वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ भने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट उद्धव रसाइलीलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । यो वर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले भने ‘हामीले कोरोना भाइरसको महामारीमा गर्न नसकेको पुरस्कार तथा सम्मानलाई एकै पटक प्रदान गर्ने गरि घोषणा गरेका छौँ ।’ चाँडै संघले एक कार्यक्रमको आयोजना गरेर सम्मान तथा पुरस्कार वितरण गर्ने जानकारी सवाजानिक विज्ञप्ती मार्फत दिएको छ ।