‘लाइफ इन एलए’को रोमान्टिक गीत ‘पागल प्रेमी’ रिलिज

‘लाइफ इन एलए’को रोमान्टिक गीत ‘पागल प्रेमी’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाइफ इन एलए’को ‘पागल प्रेमी’ बोलको गीत रिलिज गरिएको छ । एलिस कार्कीको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

सुर्य एन श्रेष्ठ निर्देशित सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्टलाई फिचर्ड गरिएको छ । त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको सिनेमामा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् । सिनेमाको अमेरिका पार्टको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन्, भने नेपालको पार्ट बाबु श्रेष्ठले खिचेका हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको सिनेमामा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको सिनेमालाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।