हृदयाघातबाट निर्देशक हेमबहादुर लामाको निधन

हृदयाघातबाट निर्देशक हेमबहादुर लामाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक हेमबहादुर लामाको निधन भएको छ । लामाको छोरा क्याप्टेन तथा अभिनेता विजय लामाले आइतबार मध्यान्न बुबाको मृत्य भएको पुष्टि गरेका हुन् ।

मनमोहन कार्डिओ अस्पतालमा एक हप्तादेखि उपचाररत रहेका लामाको मृत्यु भएको हो । हप्ता दिनअघि उनलाई हृदयाघात भएपछि अस्पताल लगिएको क्याप्टेन लामाले सामाजिक सञ्जालमा जानकारी गराएका थिए । लामाको ९५ वर्षको उमेरमा निधन भएको हो ।

२०४१ सालमा प्रदर्शन भएको ‘आदर्श नारी’ लामाले निर्माण तथा निर्देशन गरेको एक मात्र सिनेमा हो । यो सिनेमाबाट उनले छोरा विजय लामासँगै एक दर्जन कलाकारलाई डेब्यू गराएका थिए ।

‘आदर्श नारी’बाट सनी रौनियार, हनी रौनियार, अंशुमाला शाही, उज्जवल घिमिरे, मोहन निरौला, मदन परियारले नेपाली सिनेमामा डेव्यु गरेका थिए । सिनेमामा लामाकै कथामा निर्माण गरिएको थियो । निर्देशक समाजले २०७७ सालमा निर्देशक लामालाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।