निर्माण अगावै ‘भागवत गीत’को अमेरिका राइट्स बिक्रि

निर्माण अगावै ‘भागवत गीत’को अमेरिका राइट्स बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माणको तयारीमा रहेको सिनेमा ‘भागवत गीता’को अमेरिका राइट्स बिक्रि भएको छ । सिनेमाको राइट्स मंहगो मुल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले खरिद गरेको हो ।

निर्माता सुनिल कुमार थापाले सिनेमा निर्माण अगावै विदेश राइट्सको डिमाण्डले आफुलाई उत्साहित बनाएको बताए । केही हप्ता अघि जनकपुर पुगेर टिजरसमेत छायांकन भैसकेको सिनेमा साउनको अन्तिम साताबाट फ्लोरमा जानेछ । सिनेमामा अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहनेछ । केहीदिनमा सार्वजनिक गरिने टिजरमा समेत सुहानालाई मात्रै फिचर्ड गरिएको छ ।

झरना थापाको निर्देशनमा निर्माण हुने सिनेमाको लागि मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् । त्यसको जानकारी विस्तारै दिने तयारी निर्माण टिमको छ । हाल सिनेमाको स्कृप्ट लेखन र प्रि-प्रोडक्सन काम धमाधम भैरहेको निर्देशक थापाले बताइन् । आफु र टिमले सिनेमाको स्कृप्ट निकै मेहनत गरिरहेकाले त्यसको प्रतिफल पनि राम्रो मिल्ने विश्वास निर्देशक थापालाई छ ।

यस्तै, यही टिमले बैशाख १ गतेबाट प्रदर्शनमा आएको हिट सिनेमा ‘ए मेरो हजुर ४’ पनि अमेरिका प्रदर्शन अधिकार पनि किनेको छ । चाँडै अमेरिकामा सिनेमाको प्रदर्शन थालिने नमस्ते इन्टरटेनमेन्टका सञ्चालक मध्येका एक अमृत राईले बताए ।

अनमोल र सुहानाको जोडीलाई अमेरिकामा रहेका नेपाली दर्शन हेर्न आतुर रहेको बुझेर नै आफुहरुले सिनेमाको राइट्स किनेको उल्लेख गरे । ‘ए मेरो हजुर ४’ले विदेशी सिनेमाको दबदबाका बावजुद पनि बक्सअसिफसमा बम्पर व्यापार गरेको थियो ।