शुक्रबारबाट हलमा ‘लाइफ इन एलए’ रिलिज

शुक्रबारबाट हलमा ‘लाइफ इन एलए’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रवारबाट नेपाली सिनेमा ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । बलिउड सिनेमाका ‘भुलभुलैया २ र धाकड’का कारण मल्टीप्लेक्समा ‘लाइफ इन एलए’ औषत शो पाएको छ । सिंगल हल भने सिनेमाले पर्याप्त पाएको वितरक करण श्रेष्ठले बताए । माउथ पब्लिसिटीले मल्टीप्लेक्समा शनिवारबाट शो बढ्नेमा निर्माण टिम आशाावादी छ ।

विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको सिनेमाका निर्देशक सूर्य एन श्रेष्ठ हुन् । ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय रहेको सिनेमाको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको छ ।

सिनेमालाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । नेपालभन्दा अघि अमेरिकामा रिलिज गरेर निर्माण टिमले सिनेमाको ८० प्रतिशत लगानी उठाइसकेको छ ।