असोज ७ मा बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ रिलिज घोषणा

असोज ७ मा बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बर्षकै बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी असोज ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।

 

कोरोना महामारीका कारण पटक पटक रिलिज स्थगित भएको सिनेमा अब घोषित मिति मै रिलिज हुने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । सिनेमा नेपाली रहिन्दी गरी दुई भाषामा रिलिज हुनेछ । कोरोना महामारीका कारण रिलिज स्थगित भएपछि सन्तोष मुम्वई पुगरे सिनेमालाई हिन्दीमा समेत डब गराएर रिलिज तयारी गरेका हुन् ।

निर्माता सेनका अनुसार सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी भैरहेको छ । सिनेमामा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ ।

यही सिनेमाबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् । काठमाडौं र मनाङमा छायांकन गरिएको सिनेलालाई राजेश श्रेष्ठले खिचेका हुन् । आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।