‘कबड्डी ४’ लाई उच्च शो, अग्रीम टिकट बुकिङ खुल्ला

‘कबड्डी ४’ लाई उच्च शो, अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात जेष्ठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अहिलेसम्म काठमाडौका बिग मुभिज, बिएसआर, वान सिनेमाज, एफक्युब सिनेमाज, आइनआ सिनेमाज र सिने डि सेभ लगायतका हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन् ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स र रञ्जना सिनेप्लेक्स लगायतले भने अहिलेसम्म अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । बाँकी हलले पनि भोलीसम्म सिनेमाको अग्री टिकट बुकिङ खुल्ला गर्ने तयारी गरिरहेका छन् । अहिलेसम्म अग्रमी टिकट बुकिङ खुल्लला गरेका सिनेमा हलले ‘कबड्डी ४’लाई उच्च शो दिएका छन् । भने, शुक्रबारसम्म सिनेमा अझै धेरै शोहरु आफ्नो पोल्टामा पार्ने अपेक्षा निर्माण टिमलाई छ । यसअघिका तीन सिरिजले बम्पर ब्यापार गरेकाले पनि सिनेमा उच्च शो पाएको हो । यो सिनेमा दर्शकको प्रतिक्षामा रहेको छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ । समाजिक कथावस्तुलाई कमेडी मार्फत प्रस्तुत गरिएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।