गीति सिनेमा ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने

गीति सिनेमा ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – नेपालमा पहिलो पटक संवादसहित गीति सिनेमा ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा निर्माण हुने सिनेमाको मंगलवार राजधानीमा आयोजित कार्यक्रमका बीच निर्माण घोषणा साथै शुभ मुहूर्त गरियो ।

सिनेमाको मुहूर्त सट कलाकार अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । सिनेमामा उनीहरुको जोडी बाँधिएको छ । सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको बुधवारबाट छायांकन सुरु भएको छ । सिनेमामा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ ।

सिनेमामलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा सिनेमा निर्माण हुन लागेको हो । सिनेमामा केही प्रतिशत संवाद पनि हुनेछ । क्यानडाको लागि नेपाली साँस्कृतिक दुतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेको सिनेमाका गीतमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक-गायिकाको स्वर रहेको छ ।

सिनेमाको लम्बाई एक घन्टाभन्दा लामो हुने बताइएको छ । सम्भवतः संवादसहित यति ठुलो स्केलमा यसअघि गीति सिनेमा निर्माण भएका छैनन् । करीब १५ दिनसम्म छायांकन हुने सिनेमालाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् । सिनेमा निर्माण सकिएपछि विभिन्न ठाउँमा च्यारिटीसहित हलमा समेत प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ ।