‘लण्डन टु पेरिस’मा गरिमा शर्मा अनुबन्धित

‘लण्डन टु पेरिस’मा गरिमा शर्मा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काटमाडौं – एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित भएकी छन् । यो उनको डेव्यु सिनेमा हो । केही समयअघि नै निर्माण टिम र अभिनेत्री शर्माबीच लिखित सम्झौता भएको थियो ।

अभिनेत्री शर्माका अनुसार ‘लण्डन टु पेरिस’ले आफुलाई सिनेमा क्षेत्रमा दरिलो प्रवेशको रुपमा उभ्याउने विश्वास व्यक्त गरेकी छन् । उनले यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । निर्माण टिमका अनुसार सिनेमामा गरिमाको पनि महत्वपुर्ण भुमिका रहेको छ ।

आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको मुख्य अभिनेता समेत फाइनल भैसकेका छन् । चाँडै एक फर्स्टलुक पोस्टर सहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमाका केही दिन यता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकले रुचाएका सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असारको दोस्रो साताबाट फ्लोरमा जाने छ ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।